कहाँ छौ हे जनस्वास्थ्यका मसिहा ? अब त उठन, अब त जागन

0
Shares
  • दुर्गा खड्का मिश्र
दुर्गा खड्का मिश्र

आज तिम्रो शीर देखि पाउसम्म ठोकिएका छन् सुईरा जस्ता किला,
तिम्रा मुखमा लागेको छ खोल्नै नसक्ने ताला।

तिम्रो छातिमाथी घोपिएको छ अत्यन्तै तिखा भाला,
तिमी चाहिँ भौतारिदै चाहर्दै छौ देशका खोला नाला।

कतै केही भेटिन्छ कि टिप्न मिल्ने चारो,
भन्दै तिमी हिडेका छौ कुना कन्दराको बाटो।

आज तिम्रा नीति निर्माता कुन्नि कता हराए,
नाजायज सन्तानसरि पोल्टाबाट हटाए।

आज कहाँ जान्छौ तिमी आफ्नो अधिकार खोज्न ?
तिम्रै बा आमाले त वास्ता गरेनन् कस्ले सक्छ रोज्न।

उठ जाग जनस्वास्थ्यका मसिहाहरु अब नसुत,
तिम्रो पुनर्जागरण नभै नहुने भयो यो सत्य बुझ।

जय जनस्वास्थ्य !

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *