एक चिकित्सक एक स्वास्थ्य संस्था सम्वन्धी मस्यौदा तयार गर्न समिति गठन

0
Shares

काठमाडौँ, १७ असार ।  सरकारको नीति तथा कार्यक्रममा आएको ‘एक चिकित्सक एक/ स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’ कार्यक्रम कार्यान्वयनका लागि मस्यौदा तर्जुमा समिति गठन गरेको छ । गत शुक्रबारको स्वास्थ्य मन्त्रीस्तरीय निर्णय मार्फत समिति गठन भएको हो ।

मन्त्रालयका सहसचिव डा गुणराज लोहनीको संयोजकत्वमा गठित उक्त समितिको सदस्यमा डा रविन खड्का वीर अस्पताल, डा दीपेन्द्र पाण्डे राष्ट्रिय ट्रमा सेन्टर, डा कासिम शाह एनएसआई रहेका छन् ।

यस्तै नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि, नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि, नेपाल नर्सिङ एसोसिएसनका प्रतिनिधि, पारामेडिकल एसोसिएसन नेपालका प्रतिनिधि सदस्य रहेका छन् । समितिको सदस्यसचिव भने स्वास्थ्य सेवा विभागका बरिष्ठ स्वास्थ्य प्रशासक डा माधवप्रसाद लम्साल तोकिएका छन् ।

उक्त समितिलाई निर्देशक समितिको राय सल्लाह बमोजिम एक चिकित्सक एक स्वास्थ्य संस्थाको अवधारणा पत्रको मस्यौदा तयार गर्ने, अवधारणा पत्र अनुसार कार्यविधि तर्जुमा गर्ने, अवधारणा पत्र र कार्यविधिको मस्यौदा निर्देशक समितिमा पेश गरी राय सुझाव संकलन गर्ने र मस्यौँदालाई अन्तिम रुप दिई स्वीकृतिको लागि कार्य अघि बढाउने कार्यादेश दिइएको छ ।

नेपालमा एक चिकित्सक एक स्वास्थ्य संस्था नीति लागू गर्नुपर्छ भन्ने कुरा धेरै अघि देखि चल्दै आएको हो तर त्यसको कार्यान्वयन प्रक्रिया भने अघि बढेको थिएन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *