कर्णालीमा थप २६ जनामा कोरोना संक्रमण

काठमाडौँ, १२ असार । कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्ति अनुसार जुम्लामा रहेका काठमाडौँ टोखा निवासी २९ वर्षीय पुरुष सहित कर्णाली प्रदेशका ७ जिल्लाका २६ जनामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयका अनुसार सुर्खेतका १३, दैलेखका ५, सल्यानका ३, जाजरकोटका २ र जुम्लाका १ जना मा कोरोना संक्रमण देखिएको हो।
यो संगै कर्णलीमा प्रदेशमा मात्रै कोरोना संक्रमितको कुल संख्या १ हजार ४३३ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



