प्राडा शाहलाई डीन बनाएको विरोधमा विद्यार्थीद्धारा आइओएममा तालाबन्दी

काठमाडौँ, ४ असार । प्राडा दिब्यासिंह शाहलाई डीन बनाउने निर्णय तत्काल सच्याउनुपर्ने माग राख्दै नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले त्रिवि आईओएममा तालबन्दी गरेको छ ।

बरिष्ठता र कार्याकुशलताको मापदण्ड मिचेर राजनीतिक पहुँचको आधारमा डा सिंहलाई नियुक्ति गरिएको भन्दै अनेरास्ववियूले तालाबन्दी गरेको क्याम्पस इकाई अध्यक्ष विनय पंगेनीले बताए । आफूहरुको यो कदमप्रति प्राध्यापक तथा कर्मचारीका संगठनहरुको समर्थन रहेको समेत उनले दावी गरे ।

प्राडा प्रेम ज्ञवाली नेतृत्वको सर्च कमिटिले नाम सिफारिस गरे लगत्तै बुधबार त्रिवि सर्च कमिटिले डा शाहलाई डीनमा नियुक्ति गरेको हो । शाहले प्रधानमन्त्री केपी ओलीको निजी चिकित्सक समेत हुन् । बरिष्ठताको क्रम मिचेर डीन पद हत्याउन प्रधानमन्त्रीबाटै पावर लगाएको भन्ने समेत विद्यार्थीहरुले आरोप लगाएका छन् ।

विद्यार्थी नेता पन्थीले डा केसीको आन्दोलन र त्यसपछि कायम भएको बरिष्ठताको आधारमा डीन छान्ने पद्धती मिचिएको भन्दै निर्णय फिर्ता नहुँदासम्म तालाबन्दी जारी रहने बताए ।

अनेरास्ववियूको विज्ञप्ती यस्तो छ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *