त्रिवि आइओएमको डीनमा प्राडा दिव्या सिंह शाह नियुक्त

28
Shares

काठमाडौँ, ३ असार । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)को रिक्त डीनमा प्राडा दिव्यासिंह शाह नियुक्त भएकी छन् । त्रिवि कार्यकारी परिषदको आज बसेको बैठकले सर्च कमिटीले सिफारिस गरेको तीन जनाको नाम मध्येबाट प्राडा शाहलाई डीनमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

प्राडा शाह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख हुन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक हुन् ।

गत २२ जेठमा प्राडा जगदीश अग्रवाल डीनबाट अवकाश पाएपछि सो पद रिक्त थियो । २३ जेठमा त्रिवि कार्यकारीले प्राडा प्रेम ज्ञवालीको संयोजकत्वमा नाम सिफारिस गर्न तीन सदस्यीय सर्च कमिटि गठन गरेको थियो । सो कमिटिमा प्राडा जीवन शेरचन र प्राडा सुवास आचार्य सदस्य थिए ।

सो कमिटिले प्राडा प्रदीप बैद्य, प्राडा साह र प्राडा उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

‘मैले भर्खरै थाह पाएँ । प्राडा शाह डीनमा नियुक्त हुनु भयो,’ सर्च कमिटीका सदस्य प्राडा शेरचनले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *