अब निजी प्रयोगशालामा समेत कोरोनाको पीसीआर परीक्षण हुने, शुल्क ५५०० रुपैयाँ

काठमाडौँ, ३२ जेठ । सरकारले निजी प्रयोगशालामा समेत पीसीआर परीक्षण गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णय गर्दै निजी प्रयोगशालामा समेत पीसीआर परीक्षणमा सहभागी गराउन लागेको हो ।

निर्णयमा पीसीआर परीक्षण शुल्क समेत तोकिएको छ । अब निजीले प्रति पीसीआर परीक्षण शुल्क रु ५५०० लिन पाउनेछन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेलाई निजी प्रयोगशालामा सरकारले संकलन गरेका नमूना मात्रै परीक्षण गराउने निर्णय भएको बताए । ‘हामी निजी प्रयोगशालामा पनि परीक्षण गराउँछौँ र प्रतिकेश रु ५५०० को दरले भुक्तानी गर्नेछौँ,’ उनले भने ।

उनले क्वारेन्टाइनमा रहेका र सरकारले नमूना संकलन गरेका सबैको सरकारले नै परीक्षण गर्ने स्पष्ट पारे । ‘फेरी सर्वसाधारणको लागि पैसा तोकियो भनिएला, त्यस्तो होइन क्वारेन्टाइनमा रहेकाहरुको जो हामीले नै पीसीआर परीक्षणका लागि नमूना संकलन गरेका छौँ । हामीले ल्याव मात्रै निजीको प्रयोग गर्न लागेको हो । तर खर्च सरकारले नै बेहोर्छ । कसैमा भ्रम नहोस्,’ उनले भने ।

डा गौतमलले यो निर्णय कार्यान्वयन गर्न चाहने प्रयोगशाला विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पुरा हुनुपर्ने र राष्टिय जनस्वास्थ्य प्रयोगशालाले प्रमाणित गरेको हुनुपर्ने बताए ।

यस्तै बैठकले भिसा तथा निरोगिताको प्रमाणपत्रका लागि पीसीआर परीक्षण गराउनु परेमा पाटन, वीर र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा रु ५५०० तिरेर गर्न सकिने व्यवस्था समेत गरेको उनले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *