सातबटा प्रदेशलाई स्वास्थ्यको बजेट ४ अर्व ६० करोड, कार्यक्रम यी हुन् यसरी बाँढियो

32
Shares

काठमाडौँ, २७ जेठ । राष्ट्रिय बजेटको ६.१५ प्रतिशत अर्थात ९० अर्व ६९ करोड १ लाख रुपैयाँ बजेट प्राप्त गरेको स्वास्थ्य मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रमको आधारमा बाँडफाँड गरेको छ ।

आफूले पाएको कुल बजेटको ६६.९१ प्रतिशत अर्थात ६० अर्व ६७ करोड ८८ लाख संघमा राखेको स्वास्थ्यले सातवटा प्रदेशले गर्ने स्वास्थ्यका कार्यक्रमका लागि ५.०७ प्रतिशत अर्थात ४ अर्व ६० करोड २ लाख रुपैयाँ विनियोजन गरेको छ ।

मन्त्रालयले प्रदेश नं १ का लागि ६९ करोड ७८ लाख रुपैयाँ, प्रदेश नं २ मा ६१ करोड ९३ लाख रुपैयाँ र बागमती प्रदेशका लाग ६५ करोड २२ लाख रुपैयाँ छुट्याएको छ ।

यस्तै गण्डकी प्रदेशलाई ५४ करोड ९३ लाख रुपैयाँ, प्रदेश नं ५ लाई ७५ करोड ४९ लाख रुपैयाँ, कर्णाली प्रदेशलाई ६४ करोड २७ लाख र सुदूरपश्चिम प्रदेशलाई ६८ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।   मन्त्रालयले प्रदेशमा हुने कार्यक्रमहरुका लागि रकम समेत छुट्याएको छ ।

के के कार्यक्रमले प्राथमिकता पायो ?
हेरौँ विवरण :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *