काठमाडौँका दुईवटा अस्पतालका एक जना चिकित्सक र तीन जना स्टाफ नर्समा कोरोना संक्रमण

0
Shares

काठमाडौँ, २० जेठ । काठमाडौँका दुईवटा अस्पतालका एक जना चिकित्सक र तीन जना स्टाफ नर्समा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक जना चिकित्सक र दुई जना स्टाफनर्समा कोरोना संक्रमण देखिएको हो ।

यस्तै स्वयंम्भूस्थित मनमोहन मेमोरियल कलेज शिक्षण अस्पतालमा कार्यरत एक जना नर्समा पनि कोरोना संक्रमण देखिएको बताइएको छ ।  उनी उपत्यका बाहिरबाट भर्खरै आएकोले डिउटी गर्नु अघि परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको  । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले काठमाडौंका दुई अस्पतालमा चार जना संक्रमण भएको र उनीहरुको कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको बताए ।

चार स्वास्थ्य कर्मीसंहित पछिल्लो चौविस घण्टामा देशभर २८८ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै कुल संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *