पछिल्लो चौविस घण्टामा थप १६६ जनामा देखियो कोरोना संक्रमण

20
Shares


काठमाडौँ, १८ जेठ । देशका विभिन्न स्थानमा भएका प्रयोगशालामा गरिएको कोरोना भाइरस( कोभिड १९) परीक्षणमा थप १६६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यो संगै देशभर कोरोना संक्रमितको कुल संख्या १ हजार ५६७ पुगेको छ । त्यसमध्ये पुरुष १ हजार ४५० र महिला ११७ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार कोशी अस्पतालको प्रयोगशाला, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पतालको प्रयोगशाला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला, कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान, राष्टिय जनस्वास्थ्य प्रयोगशाला , भेरी अस्पताल, सेती अस्पताल, सुर्खेत अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ संक्रमण देखा परेको हो ।

डा देवकोटाले अहिलेसम्म कोरोना संक्रमण भएर उपचार पछि २२० जना डिस्चार्ज भएको बताए । उनले पछिल्लो पटक बाजुरामा भएको मृत्युसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *