आर्थिक बर्ष २०७७/७८ को बजेट तथा कार्यक्रम : स्वास्थ्यको विषय के – के परे ?
काठमाडौँ, १५ जेठ । सरकारले आर्थिक बर्ष २०७७ /७८ को बार्षिक बजेट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले बजेट प्रस्तुत गरिरहेका छन् ।

- एक चिकितसक एक स्वास्थ्य संस्था कार्यक्रमका यो बर्षबाट शुरुवात गरिनेछ । त्यसका लािग ५ अर्व १० करोड रुपैयाँ विनियोजन गरेको छु ।
- स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड ।
- स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड ।
- कोरोना रोकथामका लागि ६ अर्ब, स्वास्थ्यकर्मीको ५ लाखको निशुल्क बीमा
- कोरोना लगायत अन्य संक्रामक रोगको उपचारमा संलग्न सहित सबै स्वास्थ्यकर्मीलाई रु ५ लाख सम्मको निशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाएको छ ।
- ३ वर्ष भित्र सबै नागरिकमा स्वास्थ्य बिमा पुग्ने तथा स्थानीय तहको ४० प्रतिशतलाई स्वास्थ्य बिमाको दायरामा ल्याउनका लागि सरकारले ७ अर्ब ५० करोड बजेट छुट्याएको छ ।
- सबै स्थानीय तहका स्वास्थ्य संस्थाबाट मातृत्व तथा प्रजजन स्वास्थ्यका साथै सर्भाइकल तथा स्तन क्यान्सरको निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइने भएको छ ।
- आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने ।
- महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च दोब्बर ।
- कान्ति बाल अस्पतालमा थप आईसीयू बनाइने ।
- राजमार्गमा ट्रमा सेन्टर ।
- निरोगी नेपाल अघि बढाउन सन्तुलित आहार स्वस्थ जीवनशैलीका लागि आयुर्वेद उपचार पद्धति अवलम्बन गर्ने । व्यायामशाला योग केन्द्र पनि चलाउने ।
- सबै स्थानीय तहका स्वास्थ्य संस्थाबाट मातृत्व तथा प्रजजन स्वास्थ्यका साथै सर्भाइकल तथा स्तन क्यान्सरको निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइने भएको छ ।
- विपदको बेलामा निजी क्षेत्रका अस्पताललाई उपयोगमा ल्याउन सक्ने व्यवस्था ।
- निरोगी नेपाल अघि बढाउन सन्तुलित आहार स्वस्थ जीवनशैलीका लागि आयुर्वेद उपचार पद्धति अवलम्बन गर्ने । व्यायामशाला योग केन्द्र पनि चलाउने ।
- राष्ट्रिय रोग निदान केन्द्र स्थापना गर्ने ।
- कोरोना विमामा ५० प्रतिशत प्रमियम सरकारले तिर्ने ।
- कुष्ठ रोेग, क्षय रोग, एड्स रोग नियन्त्रण गर्नका लागि ४ अर्ब २२ करोड बजेट बिनियोजन गरिएको छ ।
- राजमार्गको बढी दुर्घटना हुने ठाउँमा ट्रमा सेन्टर स्थापना गर्नका लागि बजेट विनियोजनका साथै सन्टेर फोर डिजिज कन्ट्रोल, फुड एन्ड डग एडमिनिस्ट्रेसन, राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण निर्माणका लागि पिन बजेट विनियोजन गरिएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 