‘अत्यावश्यक औषधि ढुवानी’ लेखिएको ट्रक भित्र ५० बोरा गुटखा !
हेटौँडा ११ जेठ । काठमाडौँबाट सप्तरीको राजविराज जाँदै गरेको एक ट्रकबाट ५० बोरा गुटखा बरामद भएको छ । अत्यावश्यक औषधि ढुवानी लेखिएको ट्रकमा जाँच गर्दा रु १८ लाख मूल्य बराबरको गुटखा बरामद गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।
प्रहरी निरीक्षक अरुण कुसवाहका अनुसार पशुपति ट्रान्सपोर्टले काठमाडौँबाट सप्तरीको राजविराजका लागि पठाएको सो ट्रकबाट ५० बोरा गुटखा बरामद भएको जानकारी दिए ।
केही मात्रामा औषधिजन्य वस्तु मात्र रहेको उक्त ट्रकमा चकलेट र मोबाइलको इलेक्ट्रोनिक सामग्रीहरु समेत रहेको प्रहरीले जनाएको छ ।
बरामद भएका वस्तुसहित ट्रकलाई कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाइएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



