‘अत्यावश्यक औषधि ढुवानी’ लेखिएको ट्रक भित्र ५० बोरा गुटखा !

हेटौँडा ११ जेठ । काठमाडौँबाट सप्तरीको राजविराज जाँदै गरेको एक ट्रकबाट ५० बोरा गुटखा बरामद भएको छ । अत्यावश्यक औषधि ढुवानी लेखिएको ट्रकमा जाँच गर्दा रु १८ लाख मूल्य बराबरको गुटखा बरामद गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

प्रहरी निरीक्षक अरुण कुसवाहका अनुसार पशुपति ट्रान्सपोर्टले काठमाडौँबाट सप्तरीको राजविराजका लागि पठाएको सो ट्रकबाट ५० बोरा गुटखा बरामद भएको जानकारी दिए ।

केही मात्रामा औषधिजन्य वस्तु मात्र रहेको उक्त ट्रकमा चकलेट र मोबाइलको इलेक्ट्रोनिक सामग्रीहरु समेत रहेको प्रहरीले जनाएको छ ।

बरामद भएका वस्तुसहित ट्रकलाई कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *