कपिलवस्तु, रुपन्देही र गुल्मीमा गरी थप ७ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ५९१ पुग्यो

12
Shares

काठमाडौँ, १० जेठ । रुपन्देही, कपिलवस्तु र गुल्मीमा गरी शनिबार थप सात जनामा शनिबार कोरोना संक्रमण देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणमा थप सात जनामा कोरोना संक्रमण देखिएको हो ।

सात मध्ये एक कोरोनाबाट संक्रमण भई दुई दिन अघि मृत्यु भएका गुल्मी मदानेका ४१ बर्षिय पुरुषको घरमा डेरा गरी बस्ने व्यक्ति हुन् । दाङ घर भएका ३३ वर्षका उनी अहिले मदानेमा रहेका छन् । उनी मदानेकै एक बैंकका कर्मचारी भएको बताइएको छ ।

प्रयोशालाका निमित्त प्रमुख डा राजेन्द्रकुमार गिरीेले बाँकी संक्रमितहरुमा रुपन्देही गैडहवा गाउँपालिकाका ३ जना र कपिलवस्तु मायादेवी गाउपालिकाका ३ जना रहेका छन् । उनीहरु २० देखि ४० वर्षका पुरुषहरु रहेको बताइएको छ ।

गैडहवा गाउँपालिकामा शुक्रबार मात्रै ७ जनामा कोरोना पाजेटिभ देखिएको थियो । त्यहाँका संक्रमितलाई शनिबार दिउसोसम्म बुटवलस्थित धागोकारखानामा रहेको कोरोना विशेष अस्पतालमा ल्याउन समस्या परेको थियो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ५९१ पुगेको छ । अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ८९ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *