कोरोनाबाट संक्रमित तेस्रो व्यक्तिको मृत्यु : क्रिमसन अस्पतालमा उपचाररत बिरामीको ज्यान गयो

4
Share

काठमाडौँ, ८ जेठ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । गत १ जेठ देखि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मी मदानेका ४१ बर्षिय पुरुषको आज विहान ज्यान गएको हो ।

सामाजिक विकास मन्त्रालय, प्रदेश नं ५ का स्वास्थ्य सेवा प्रमुख डा उमाशंकरप्रसाद चौधरीले क्रिमसन अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको आज विहान ७ १० मा निधन भएको पुष्टी गरे ।

‘अस्पतालले औपचारिक रुपमा हामीलाई जानकारी गराएको छ । अव स्थानीय प्रशासन र सम्वन्धित सरोकारवालाबीच मृतकको शब व्यवस्थापन गर्ने प्रक्रिया अघि बढेको छ,’ डा. चौधरीले भने ।

एक्युट निमोनिया, जण्डिस बिग्रेको अवस्थामा परिवारले गत १ जेठ राती क्रिमशन अस्पताल पुरयाएको थियो । त्यहाँ लगेको केही समय पछि नै उनलाई आइसीयू वार्डमा राखेर भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको थियो । उनको लक्षण कोरोनासंग मिल्ने भएपछि अस्पतालले २ जेठमा परीक्षणका लागि नमूना झिकेको थियो । ५ जेठमा उनमा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो ।

यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । गत १ जेठमा धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी २९ बर्षीया सुत्केरी र २ जेठमा बाँके नरैनापुरका २५ बर्षीय युवकको कोरोनाबाट ज्यान गएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *