धरान र धनकुटामा थप दुई जनामा संक्रमण
सुनसरी ७ जेठ । धरान र धनकुटामा थप एक एक जनामा कोरोना संक्रमण देखिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा आज भएको परीक्षणमा दुई जनामा पोजेटिभ देखिएको हो ।
अस्पताल स्रोतका अनुसार धनकुटामा संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्तिहरुको परीक्षण गर्दा थप एक जनामा संक्रमण देखिएको हो । यता धरानको भने विस्तृत विवरण आइसकेको छैन् । ‘एक जना महिला हुन् । बाँकी कुरा थाह भइसकेको छैन्,’ स्रोतले भन्यो ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या ४२९ पुगेको छ ।
विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराइरहेका ८ जना संक्रमितहरु निको भएपछि आजै डिस्चार्ज भएका छन् ।
यो संगै निको हुनेको संख्या ४५ पुगेको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म दुई जनाले ज्यान गुमाएका छन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com