धरान र धनकुटामा थप दुई जनामा संक्रमण

0
Shares

सुनसरी ७ जेठ । धरान र धनकुटामा थप एक एक जनामा कोरोना संक्रमण देखिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा आज भएको परीक्षणमा दुई जनामा पोजेटिभ देखिएको हो ।

अस्पताल स्रोतका अनुसार धनकुटामा संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्तिहरुको परीक्षण गर्दा थप एक जनामा संक्रमण देखिएको हो । यता धरानको भने विस्तृत विवरण आइसकेको छैन् । ‘एक जना महिला हुन् । बाँकी कुरा थाह भइसकेको छैन्,’ स्रोतले भन्यो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ४२९ पुगेको छ ।

विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराइरहेका ८ जना संक्रमितहरु निको भएपछि आजै डिस्चार्ज भएका छन् ।

यो संगै निको हुनेको संख्या ४५ पुगेको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म दुई जनाले ज्यान गुमाएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *