कोरोना संक्रमण परेका चिकित्सक दुई दिन अघि एचईओसी बैठकमा

0
Shares

काठमाडौँ, ७ जेठ । कोरोना भाइरसको संक्रमणमा परेका स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सक रिपोर्ट आउनु अघिल्लो दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुसंग संगै बैठकमा सहभागी रहेको खुलेको छ ।

कपिलबस्तुको विभिन्न इलाकामा कन्ट्याक्ट ट्रेसिङमा सहभागी भएर फर्केका उनी गत सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हेल्थ इमरजेन्सी अपरेसन सेन्टर (एचईओसी)को बैठकमा सहभागी थिए ।

‘उहाँ(संक्रमित चिकित्सक)को हिजो रिपोर्ट आयो तर अस्ती हामी एचईओसीको एउटै बैठकमा संगै  थियौँ ।  अब हामी पनि परीक्षणमा सहभागी हुनुपर्ने अवस्था आयो,’ एचईओसीमा कार्यरत एक जना स्वास्थ्यकर्मीले भने ।

एचईओसीको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीहरु समेत सहभागी हुने गरेका छन् ।

मन्त्रालयको कोरोना नियन्त्रण सम्वन्धी सम्पूर्ण गतिविधि एचईओसीबाट नै चल्ने गर्दछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *