कालिमाटीबृत्तमा कार्यरत दुई जना प्रहरीमा कोरोना संक्रमण
काठमाडौँ, ७ जेठ । महानगरीय प्रहरी बृत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । सो बृत्तमा कार्यरत एक जना सई र एक जना जवानलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको कालिमाटीका डिएसपी रुगम कुँवरले बताए ।
चार दिन अघि नमूना लिएर गरिएको परीक्षणको रिपोर्ट मंगलबार आएको थियो । अहिले संक्रमित दुबै प्रहरीलाई बलम्बुस्थित कोरोना युनिफाइड अस्पतालमा भर्ना गरिएको छ ।
डिएसपी कुवरले संक्रमित प्रहरीको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिसकिएको जानकारी दिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



