बाँकेमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण

0
Shares

नेपालगञ्ज, ५ जेठ । बाँकेमा एकै दिन ४७ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण देखा परेको छ । नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा १ सय ९० जनाको थ्रोट स्वाब परीक्षण गर्दा थप ४७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

बाँकेमा यसअघि ३४ जनामा कोरोना भाइरस पुष्टी भएको थियो । सोमबार ४७ जना थपिएसँगै बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या ८१ पुगेको छ ।

यसअघि पर्सामा एकैदिन ५७ जनामा कोरोना पोजेटिभ पुष्टी भएको थियो । त्यसपछि एकैदिन एकै जिल्लामा यति धेरै कोरोना भाइरसका पोजेटिभ केस देखिएको यो दोस्रो पटक हो ।

प्रयोगशाला थप परीक्षणको लागि पुन नमूना हालिएकोले संख्या अझ बढ्ने बताइएको छ । यसअघि आज विहान मात्रै थप ९ जनामा कोरोना संक्रमण भएको बताइएको थियो । यो संगै आज मात्रै कुल संक्रमितको संख्या ५६ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *