संसारकै हेर्न लायक शौचालयको सूचीमा नेपालको पनि

404
Shares

toiletकाठमाडौँ – शौचालय भन्नेबित्तिकै तपाईंले नाक खुम्च्याउनु हुँदो हो तर यात्रा साहित्य प्रकाशन गर्ने लोनली प्लानेटले भने संसारका हेर्न लायक शौचालयको सूची प्रकाशन गरेको छ।

त्यसैपनि यात्रा गर्नेहरुका लागि शौचालयको महत्व कति बढी छ भनिरहनु पर्दैन। कतिपय व्यक्ति त यस्ता हुन्छन् कि घरबाहेक बाहिरका शौचालयलार्इ गन्दै गन्दैनन्।

यस्तो अवस्थामा सुधार ल्याउन र संसारभर घुमिहिँडिरहनेका लागि जानकारी होस् भनी लोनली प्लानेटले यो सूचीको पुस्तक नै बजारमा ल्याएको छ। सूचीमा नेपालको शौचालय आश्चर्यजनक रुपमा सुन्दर भएको टिप्पणीसमेत गरिएको छ।

त्यसो त समुद्र सतहभन्दा ६ हजार ८ सय १२ मिटरको उचाइमा रहेको यो शौचालय यहाँ भएको सुविधाका कारण भने सूचीमा राखिएको होइन। संसारकै सबैभन्दा सुन्दर ठाँउमा ढंग नपुर्‍याइ बनाइएको यो शौचालय अनकन्टार ठाउँमा राम्रो उपहार भएको टिप्पणीकर्ताको भनाई छ ।

‘ट्वाइलेटः अ स्पोटर्स गाइड’ अर्थात ‘शौचालय पत्ता लगाउनेको पथ प्रदर्शन’ पुस्तकमा नेपालबाहेक भारत, तान्जानिया, बेलायतको लन्डन लगायत विश्वभरका एक सय देशका अनौठा पाइखाना समेटिएका छन्।

  • नागरिक दैनिकमा समाचार छ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *