इक्वेडरको भूकम्पमा तीन क्युवाली चिकित्सकको मृत्यु

0
Shares

एजेन्सी – इक्वेडरको तटीय क्षेत्रमा गत शनिबार गएको ७.८ रिक्टर स्केलको शक्तिशाली भूकम्पमा परी तीन क्युबाली चिकित्सकको मृत्यु भएको छ । क्युबाली स्वास्थ्य मन्त्रालयले सोमबार सो जानकारी दिएको छ ।

मनाबी प्रान्तको पेडेर्नालेस् नगरपालिकामा रहेको एक भवन सो भूकम्पको कारण भत्किँदा त्यसमा परी तीन चिकित्सकको मृत्यु भएको स्थानीय टेलिभिजन च्यानल एटिभीले जनाएको छ ।

उनीहरु पार्थिव शरीर परिवारजनलाई बुझाइएको पनि सो मन्त्रालयले थप जानकारी दिएको छ ।

इक्वेडरमा सन् १९७९ पछि आएको यो शक्तिशाली भूकम्पमा परी ४१३ भन्दा बढी व्यक्तिले ज्यान गुमाउनुको साथै २ हजार भन्दा बढी घाइते भएका छन् ।

त्यसैगरी यस भूकम्पको कारण लाखौ अमेरिकी डलर बराबरको धनजनको नोक्सानी भएको जनाइएको छ ।

एजेन्सी सन् १०१३ मा क्युबा र इक्वेडरबीच भएको द्वीपक्षीय सम्झौताअनुसार क्युबाले ७ सय भन्दा बढी स्वास्थ्य विशेषज्ञहरु इक्वेडरमा पठाएको थियो ।

हाल इक्वेडरमा बाँकी रहेका क्युबाली स्वास्थ्य अधिकारीहरु सकुशल रहेका र उनीहरु भूकम्प उद्धारकार्य लागेका पनि मन्त्रालयले जानकारी दिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *