वीपी काेइराला मेमोरियल क्यान्सर अस्पतालकाे कार्यकारी निर्देशकमा डा. देजकुमार गाैतम नियुक्त

852
Shares

काठमाडाैं, २५ बैशाख । भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा देजकुमार गौतम नियुक्त भएका छन् । आज बसेको अस्पताल विकास बोर्डको बैठकले डा गौतमलाई तीन वर्षको लागि नियुक्ति गर्ने निर्णय गरेको हो । डा गौतम यसअघि सो अस्पतालका उप निर्देशक भइसकेका थिए ।

यसअघिका निर्देशक डा विजयचन्द्र आचार्यको पदावधि हिजो सकिएको थियो । त्यस लगत्तै बोर्डले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा प्रदीप ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । उक्त समितिमा डा विनय ठाकुर र स्वास्थ्य मन्त्रालयका सहसचिव रघुराम विष्ट सदस्य थिए ।

सो समितिले गरेको सिफारिसको आधारमा गौतम कार्यकारी निर्देशक बनेका हुन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले १२ औँ कार्यकारी निर्देशक पाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *