जोखिम भत्ताको विषयमा स्वास्थ्यकर्मी संघले गर्‍यो मन्त्रालयको ध्यानाकर्षण

5.2k
Shares

काठमाडौँ, २३ बैशाख । राष्ट्रिय स्वस्थ्यकर्मी संघ नेपालले कोरोना भाइरस (कोभिड १९)को संक्रमणको उपचारमा सम्लग्न जनशक्तिको जोखिम भत्ता सम्वन्धी आदेशको विषयमा उत्पन्न आशंकाको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष भक्तिमान सुब्बाको नेतृत्वमा गएको टोलीले जोखिम भत्ताका विषयमा देखा परेको अन्योलताको विषयमा मन्त्रालयका अधिकारीहरुको ध्यानाकर्षण गराएको हो ।

मन्त्रालयले केही दिन अघि सरकारले पास गरेको ‘कोरोना भाइरस (कोभिड १९)को संक्रमणको उपचारमा सम्लग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश (२०७७ मा स्वास्थ्यकर्मीबीच नै विवेध हुने गरी आएको कतिपय स्वास्थ्यकर्मीको धारणा छ ।

संघका सचिव हिमालय तिवारीले जोखिम भत्ताका विषयमा देखिएको अन्योलता चिर्न मन्त्रालयका उच्च अधिकारीहरुको ध्यानाकर्षण गराएको भन्दै चाँडै नै यसको निस्कर्ष निस्कने बताए ।

उनले कोभिड विरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई न्यायोचित ढंगले सुविधा दिनुपर्ने भन्नेमा आफूहरुको धारणा रहेको बताए । ‘सरकारले सार्वजनिक विदा भनेको छ । तर राजपत्रमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाहेक भनेको छैन ।त्यसैले यो जोखिममा सार्वजनिक विदाको दिनमा समेत खटेका स्वास्थ्यकर्मीलाई विशेष प्रोत्साहन प्याकेज ल्याउन जरुरी छ,’ उनले भने ।

संघले आगामी बर्षको बजेटमा पनि कोरोना विरुद्ध फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई विशेष राहत प्याकेज बढाउन माग गरेको समेत बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *