नारायणी अस्पतालमा शुरु भयो रियल टाइम पीसीआरबाट कोरोना परीक्षण

204
Shares

वीरगञ्ज, २३ बैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालमा पनि रियल टाइम पीसीआरबाट कोरोना भाइरस (कोभिड -१९)को परीक्षण शुरु भएको छ । अस्पतालको प्रयोगशालामा आजबाट पीसीआर मेसिनबाट कोभिड – १९ परीक्षण शुरु भएको हो ।

अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले अस्पतालमा आजबाट ठूलो क्षमताको पीसीआर मेसिनबाट कोरोना परीक्षण शुरु भएको बताए । पहिलो दिन अस्पतालले १६ वटा नमूना लिएर परीक्षण गरेको छ । अहिले सो परीक्षण जारी रहेको समेत डा उपाध्यायले बताए ।

नेपालमा कोरोना संक्रमण बढ्दै जाँदा परीक्षण गर्ने प्रयोगशालाको संख्या पनि बढ्दो क्रममा छ । बीरगञ्जमा आजबाट सञ्चालनमा आएको यो प्रयोगशाला सत्रौं हो ।

उता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पनि हिजोबाट पीसीआर विधिबाट कोरोना परीक्षण शुरु भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *