नर्सिङ संघकी पूर्व अध्यक्ष विष्णु राईको निधन

424
Shares

काठमाडौँ, २२ बैशाख ।  नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष विष्णु राईको निधन भएको छ । वीर अस्पतालमा उपचाररत राईको निधन भएको आज विहान निधन भएको निर्देशक डा. केदार सेन्चुरीले पुष्टि गरे ।

उनका अनुसार ७७ बर्षीया राईलाई चार दिन अघि घरमा कुर्सीबाट लडेर टाउकोमा चोट लागेपछि राईलाई अस्पताल ल्याइएको थियो । मधुमेहबाट समेत पिडीत राईको पछिल्लो समय दुईवटै मिर्गौला फेल भएको थियो । उनले पछिल्लो समय डायलासिस गराउँदै आएकी थिइन ।

नर्सिङ संघको १३ औं अध्यक्ष भएकी राई तथा ललितपुर नर्सिङ कलेजकी प्रमुख समेत थिइन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *