रौतहटमा थप २ जनामा देखियो कोरोना संक्रमण, कुल संक्रमितको संख्या ५४ पुग्यो
काठमाडौँ, १६ बैशाख । रौतहटमा थप दुई जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गर्दा दुई जना पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
टेकुस्रोतका अनुसार अनुसार वृन्दावन नगरपालिका – ९ भुसहा र देवाही गोनाही नगरपालिका – १ का उनीहरुमा संक्रमण देखिएको हो ।
यसअघि उनीहरुको आरडीटी विधिबाट परीक्षण गर्दा एन्टीवडी पोजेटिभ देखिएको थियो । त्यस लगत्तै उनीहरुको स्वाव लिएर जनकपुर प्रयोगशालामा पीसीआर गर्न पठाइएको थियो ।
त्यहाँ रिपोर्ट शंकास्पद आएपछि पुन परीक्षणका लागि काठमाडौँ ल्याइएको थियो ।
अहिले संक्रमित बसेको स्थानमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरु पुग्दैछन् । उनीहरुको कन्ट्याक ट्रेसिङको काम शुरु हुन लागेको बताइएको छ ।
सम्पर्क इमेल : [email protected]