प्रदेश नं १ मा तीन हजार २६८ को परीक्षण

96
Shares


विराटनगर, ९ वैशाख । प्रदेश नं १ मा सोमबारसम्म तीन हजार २६८ जनाको कोभिड–१९ परीक्षण गरिएको छ । प्रदेश सरकारले दु्रत परीक्षण विधि (आरडिटी) र थ्रोट स्वाब (पिसीआर) विधिबाट उक्त परीक्षण गरेको हो । परीक्षण गरिएकामध्ये आरडिटी विधिबाट दुई हजार ६०९ र स्वाब (पिसीआर) बाट ६५९ जना रहेका छन् ।

विराटनगरको कोशी अस्पताल र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसीआर विधिबाट नमूना परीक्षण गरिन्छ । प्रदेश सरकारले जिल्लाका क्वारेन्टाइनमा बसेकाको आरडिटी विधिबाट स्थलगतरूपमा परीक्षण गरिरहेको मुख्यमन्त्रीको कार्यालयमा रहेको सूचना डेस्कले जनाएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या सोमबारसम्म ८२५ पुगेको छ भने १० घर फकिएका छन् । यस्तै आइसोलेशनमा स्वास्थ्यकर्मीको निगरानीमा आठ महिलासहित ३५ बसिरहेका छन् । होम क्वारेन्टाइनमा चार हजार ३४३ जना बसिरहेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *