कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भए आठौँ संक्रमित
धनगढी, ७ वैशाख । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा कोरोना भाइरस (कोभिड – १९)को आठौं संक्रमित युवक १६ दिन लामो उपचार पछि आज सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कैलालीको लम्की चुहा ९ प्रतापपुरका २१ बर्षिय युवकको कोरोना भाइरसको दोस्रो र तेस्रो परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज भएका हुन् ।
भारतको मुम्वईबाट आएर लम्कीको क्वारेन्टाइनमा रहेका उनको पीसीआर परीक्षणका क्रममा गत २२ चैतमा कोरोना संक्रमण देखा परेको थियो । त्यसपछि उनलाई सेती अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।
आज अस्पतालबाट डिस्चार्ज हुँदा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयलगायतका चिकित्सकहरूले बिदाइ गरेका थिए ।
अस्पतालले उपचाररत अन्य चारजनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।
सम्पर्क इमेल : [email protected]