नेपालमा थप एक जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ३१ पुग्यो

2.4k
Shares

काठमाडौँ, ६ बैशाख ।  नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो। संक्रमित व्यक्ति हिजो उपदयुरको भुल्के स्थित मस्जितमा रहेका १६ जनाको समूहकै एक व्यक्ति हुन् । उनी भारतीय नागरिक भएको बुझिएको छ ।

हिजो सो मस्जितमा लुकेर बसेका भारतीय र केही नेपालीको परीक्षण गर्दा १२ जनामा संक्रमण भएको पाइएको थियो । उनीहरुलाई अहिले विराटनगरको कोरोना विशेष अस्पतालमा राखिएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा बासुदेव पाण्डेले हिजोकै समूहमा रहेका थप एक जनामा कोरोना संक्रमण भएको पुष्टी गरे । उनको आज विराटनगरको कोशी अस्पतालको ल्यावमा परीक्षण गरिएको थियो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । संक्रमितमध्ये २ जना भने निको भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *