कोरोना उपचार सम्वन्धी स्वास्थ्य सामग्री ल्याउन तीन वटा कम्पनीसंग ३० करोडको सम्झौँता

660
Shares

काठमाडौँ, ५ बैशाख । स्वास्थ्य सामग्री खरीदमा विवाद देखिएपछि ओम्नीसंग सम्झौँता तोडेको स्वास्थ्य सेवा विभागले कोरोना उपचारका आवश्यक थप सामग्री खरीदका लागि तीनवटा कम्पनीसंग खरीद सम्झौँता गरेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले विहीबार कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीले लगाउने पीपीई सेट, सर्जिकल तथा एन ९५ मास्क लगायतका सुरक्षा सामग्री दुई साता भित्र ल्याउने गरी तीन वटा कम्पनीसंग खरीद सम्झौँता गरेका हुन् ।

विहीबार गरिएको सम्झौँताको रकम २९ – ३० करोड रुपैयाँको छ । यस्तै पहिलो साता आंशिक र दोस्रो सातामा सम्झौँता अनुसारको सबै सामग्री ल्याउने उल्लेख छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा श्रेष्ठले भने । विभागसंग बिहीबार सम्झौँता गर्ने कम्पनीहरुमा ओम सर्जिकल, हाम्रो मेडि कन्सर्न र लुम्बिनी हेल्थ कियर रहेका छन् ।

‘पाँचवटा कम्पनी आएका थिए । पछि सम्झौँता तीनवटा संग भयो । यसमा पीपीई लगायतका सुरक्षा सामग्री आउँदैछ । प्रयोगशाला सम्वन्धी सामनका लागि हामीले आज छुट्टै सम्झौँता गर्दैछौँ । सेनिटाइजर र आईआर थर्मामिटरहरुको खरीद सम्झौँता छुट्टै हुनेछ,’ स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलले भने ।

यसअघि ओम्नीसंग निकै महंगोमा खरीद गर्ने सम्झौँता गरेको भन्दै विवादमा परेको विभागले यसपटक सामानहरु सस्तोमा आउने दावी गरेको छ ।

यसैबीच नेपाल एयरलाइन्सका दुईवटा वाइडवडी विमान चार्टर गरी व्यापारीहरुले आज चीनको ग्वाङजाओबाट कोरोना उपचारमा प्रयोगहुने मेडिकल सामग्री तथा औषधिहरु ल्याएका छन् । सामग्री स्वदेशमा आएपछि उपचारका लागि थप ढुक्कको अवस्था रहेको विभागका अधिकारीहरु बताएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *