विमान चार्टर गरी ३४ जना डाक्टर सुदूरपश्चिम पठाउँदै स्वास्थ्य मन्त्रालय

9.4k
Shares

काठमाडौँ, ४ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको उच्च जोखिम मानिएको सुदूरपश्चिम प्रदेशका लागि ३४ जना डाक्टर पठाउने भएको छ ।

शुक्रबार दिउसो यति एयरलाइन्सको चार्टर विमानबाट चिकित्सकलाई सुदूरपश्चिम प्रदेश पठाउन लागिएको मन्त्रालयका सहसचिव रघुराम विष्टले बताए ।

चिकित्सकहरु चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा दोस्रो र तेस्रो बर्षमा अध्ययन्रत विद्यार्थी डाक्टर हुन् । उनीहरु कोरोना विरुद्धको अभियानका लागि त्यसप्रदेशमा एक महिनासम्म रहेर काम गर्ने छन् ।

‘वीर अस्पतालमा एमडी अन्तिम बर्ष र सो भन्दा एक बर्ष अघि अर्थात तेस्रो र दोस्रो बर्षका, खासगरी इन्टरनल मेडिसिन, एनेस्थेसिया र पेडिट्रीसियनहरु जाँदै हुनुहुन्छ । एकदमै मोटिभेटेड भएर जाँदै हुनुहुन्छ,’ सहसचिव विष्टले भने ।

उनले यो टिम कोभिड रोकथाम नियन्त्रण र उपचारका लागि जान लागेको भन्दै आवश्यकताका आधारमा जहाँ जहाँ फिवर क्लिनिक छ , कोरोनाको उपचार आवश्यक छ, त्यहाँ रहेर काम गर्ने बताए ।

उनले डाक्टरको स्थानीय तहमा व्यवस्थापन तथा समन्वय प्रदेश सरकारले गर्ने समेत बताए ।

विपी प्रतिष्ठान धरानका डाक्टर प्रदेश नं २ मा जाने
उता मन्त्रालयले दुई नम्बर प्रदेशमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ अध्ययनरत डाक्टर खटाउने निर्णय गरेको छ ।प्रतिष्ठानबाट ३० जना जति डाक्टर दुई नम्बर प्रदेशमा जाने सहसचिव विष्टले बताए ।

‘हामीले निर्णय गरिसकेका छौँ । अब भोलि पर्सीसम्ममा उहाँहरु मुभ हुनुहुन्छ,’ विष्टले भने ।  उनले  त्यहाँबाट खटिने डाक्टर पनि कोभिडविरुद्धको मोर्चा सम्हाल्ने बताए ।

‘यो अध्ययरत डाक्टर साथीहरुको लागि पनि ऐतिहासिक कुरा हो । ऐतिहासिक दायित्व निर्भाह गरेको भन्ने पनि हुन्छ । र उहाँहरु खुशी पनि हुनुभएको छ,’ विष्टले भने ।

सुदूरपश्चिममा अहिलेसम्म ५ जना कोरोना संक्रमित भेटिएका छन् । प्रदेश नं २ मा अहिलेसम्म ४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *