डिउटीबाट फर्कदै गरेका आवासीय चिकित्सक प्रहरीद्धारा कुटिए

काठमाडौँ, ४ बैशाख । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकमाथि कुटपिट भएको घटना सार्वजनिक भएपछि महानगरीय प्रहरीले छानवीन समिति बनाएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यको नेतृत्वमा गठित छानविन समितिमा महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रहरी उपरीक्षक (एसपी) मुकेश सिंह र महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटी सदस्य छन् । समितिलाई घटनाको यथार्थ बुझेर यथाशिघ्र प्रतिवेदन पेश गर्न भनिएको छ ।
घटना के हो ?
बुधबार राती ८ बजे तिर अस्पतालको डिउटी सकेर कोठातर्फ लाग्दै गरेका तीन जना आवासीय चिकित्सक डा. शम्भु खनाल, डा. तेजप्रकाश साह र डा. विकास साहलाई कान्ति अस्पतालको ओरालो निर पुग्दै गर्दा प्रहरीले अन्धाधुन्द तरिकाले लाठी प्रहार गरेको थियो ।
आफूहरु चिकित्सक भएको, डिउटी सकेर कोठातिर जाँदै गरेको भनेर परिचय दिँदा समेत सुनेको नसुन्यै गरी आक्रमण गरेको चिकित्सकको आरोप छ । प्रहरीको लाठीले डाक्टर साक्टर चिन्दैन भनेर लाठी प्रहार गरेको पिडीत चिकित्सकले बताएका छन् । लाठि प्रहारबाट उनीहरुको हात तथा ढाडमा चोट लागेको छ ।
लाठी हान्ने प्रहरीमाथि कारवाहीको माग
घटना लगत्तै त्रित्रि शिक्षण अस्पतालका आवासीय चिकित्सकले आफ्ना सहकर्मीमाथि आक्रमण गर्ने प्रहरीलाई कारवाही गर्न माग गरेका छन् । बुधबार राती विज्ञप्ती जारी गर्दै नेसनल रजिडेन्ट डक्टर्स एसोसिएसनले घटनाको छानवीन गरी दोषी प्रहरीमाथि कारवाही नगरे कडा कदम चाल्ने चेतावनी समेत दिएको छ ।
एसोसिएशनका अध्यक्ष डा अनुप उप्रेती र सचिव डा बादल कार्कीद्धारा जारी विज्ञप्तीमा कोभिडको महामारीको अवस्थामा आफ्नो ज्यानको जोखिम उठाएर ड्युटिमा खटिएका चिकित्सकमाथि परिचयपत्र देखाउँदा र अस्पतालबाट फर्केको अवगत गराउँदासमेत लाठी चार्ज र गालि गलौच गर्ने प्रहरीर्लाई छानवीनको दायरामा ल्याउन र कारवाही अगाडी बढाउन भनिएको छ ।
सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि यसपटक विशेष निर्णय गरेको बताएको थियो । उसले डिउटीमा रहेका चिकित्सकको सुरक्षाका लागि उनीहरुमाथि आक्रमण गर्ने विरुद्ध डिउटीमा रहेका सुरक्षाकर्मीमाथि गरिएको आक्रमण सरह मानि कारवाही चलाउने निर्णय गरेको छ ।

सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 



The supervising police have to instruct his subordinate to understand the matter before rotate the stick.
Lathi Charge is not a solution it can be creation of problem if not think before head.