नेपालमा जारी लकडाउन १५ बैशाखसम्म लम्ब्याउने सरकारको निर्णय

192
Shares

काठमाडौँ, २ बैशाख ।कोरोना संक्रमण विरुद्धको अभियानमा लागेको सरकारले हाल जारी लकडाउनलाई १५ बैशाखसम्म थप्‍ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठककले ११ चैत देखि जारी लकडाउनलाई १५ बैशाखसम्म थप्‍ने निर्णय गरेको हो ।

यसैगरी बैठकले १८ बैशाखसम्मका लागि सीमा नाका बन्द गर्ने निर्णय गरेको छ। सरकारले यसअघि नै १८ बैशाख सम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरिसकेको छ।

पछिल्ला दिनहरुमा कोरोना संक्रमण बढ्दै जाँदा सरकारले लकडाउनलाई थप्ने निर्णय गरेको हो ।

नेपालमा अहिलेसम्म १६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

आज मात्रै थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *