रौतहटमा थप एक जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या १४ पुग्यो

3.5k
Shares

काठमाडौँ, १ बैशाख । नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । पछिल्लो केश रौतहटमा देखिएको छ ।

स्वास्थ्य मन्त्रालयबाट केही बेर अघि जारी कोरोना अपडेटमा पत्रकार प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

उनका अनुसार रौतहटको क्वारेन्टाइनमा बसेका १९ बर्षीय युवाको परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

यसअघि आज विहान मात्रै कैलालीको लम्की चुहा नगरपालिका – १ भरुवाकी ६५ बर्षीया महिलाको समेत कोरोना पोजेटिभ देखिएको थियो । उनको सेती प्रदेशिक अस्पतालमा उपचार सुरु भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *