निर्धक्क भएर काम गर्नुहोस् सरकार साथमा छ : स्वास्थ्य राज्यमन्त्री

32
Shares


जाजरकोट, २८ चैत । कोरोनाविरुद्धको लडाइँमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीलाई ढुक्क भएर काम गर्न स्वास्थ्य राज्यमन्त्री नवराज रावतले आग्रह गरेका छन् ।

आज जाजरकोट सदरमुकाममा स्थित स्वास्थ्य सेवा कार्यालयको निरीक्षण गर्दै मन्त्री रावतले सो कुरा बताउनुभएको हो । सुर्खेत र जाजरकोटको स्वास्थ्य सेवा कार्यालयको निरीक्षण तथा कोरोना रोकथामका लागि भएका काम कारवाहीको निरीक्षण गर्दै उच्च मनोबलका साथ काम गर्न आग्रह गरे ।

मन्त्री रावतले भने, “स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मी र जनप्रतिनिधि अग्रमोर्चामा काम गर्नुपर्ने भएकाले यो सङ्कटको घडीमा जोगिन र जोगाउन संवेदनशील बन्नुपर्ने पर्छ ।” जिल्लामा निर्माण भएका क्वारेन्टाइन, आइसोलेसनको निरीक्षण, भ्रमण गरी थप सामग्री केही दिनमा पठाउनेसमेत उनले बताए । केही स्वास्थ्य सामग्री स्वास्थ्य सेवा कार्यालयमा मन्त्री रावतले हस्तान्तरण गरेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *