वीर अस्पतालले शुरु गर्‍यो कोरोना परीक्षण, ४ जनाको नतिजा नेगेटिभ

760
Shares

काठमाडौँ, २८ चैत । वीर अस्पतालमा आजबाट कोरोना भाइरस (कोभिड १९) परीक्षण शुरु भएको छ । पहिलो दिन अस्पतालमै भर्ना भएका शंकास्पद  चार जनाको परीक्षण गरिएको थियो । तर, सबैको नतिजा नेगेटिभ आएको अस्पतालको प्याथोलोजी विभाग प्रमुख डा प्रतिभा विष्टले बताइन ।

अस्पतालले एक सिफ्टमा ३० जनाको परीक्षण गर्न सक्ने बताएको छ । दिनमा दुई सिफ्ट चलाउन सकिने र ६० जनासम्मको परीक्षण गर्न सकिने डा विष्टले जानकारी दिइन । अस्पतालको जेनेटिक ल्यावमा पीसीआर प्रविधिबाट परीक्षण गर्ने व्यवस्था मिलाइएको थियो ।

सरकारले कोरोना भाइरसको परीक्षण गर्ने दायरा बढाउनका लागि सातवटै प्रदेशमा प्रयोगशाला स्थापना गरेको छ । आज देखि वीर अस्पताल र कोशी प्रादेशिक अस्पतालमा कोरोना परीक्षण सेवा प्रारम्भ भएको छ । यो संगै कोरोना परीक्षण गर्ने प्रयोगशालाको संख्या १२ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *