आविस्कार केन्द्रको सहयोगमा ट्रमा सेन्टरमा थपियो सात वटा भेन्टिलेटर

काठमाडौँ, २७ चैत । राष्ट्रिय आविस्कार केन्द्रको प्राविधिक सहयोगमा राष्ट्रिय ट्रमा सेन्टरमा साथ वटा भेन्टिलेटर थपिएको छ । बिग्रिएर बर्षौ देखि गोदाममा थन्किएका भेन्टिलेटरलाई नेपाली बैज्ञानिक महाविर पुनको प्राविधिक टिमले मर्मत गरि दुरुस्त अवस्थामा ल्याइदिएको अस्पतालका निर्देशक डा सन्तोष पौडेलले बताए ।
अहिले ट्रमा सेन्टरमा सातवटा मात्रै भेन्टिलेटर सञ्चालनमा छ । बिग्रिएको भेन्टिलेटर मर्मत भएसंगै अव भेन्टिलेटरको संख्या १४ पुगेको छ ।
यस्तै सोही टोलीले वीर अस्पतालको ३ वटा भेन्टिलेटर पनि मर्मत गरेको छ । वीर अस्पतालमा अहिले १६ वटा भेन्टिलेटर सञ्चालनमा छ । अस्पतालका निर्देशक डा केदार सेन्चुरीले विग्रिएका १० वटा भेन्टिलेटर मर्मतका लागि दिइएको बनेमा अस्पतालको लागि ठूलो सहयोग हुने बताए । आविस्कार केन्द्रका टोलीले ट्रमा सेन्टरको एउटा कोठामा बसेर मेसिनहरुको मर्मत गरिरहेको छ ।
ट्रमा सेन्टरका सम्पूर्ण स्टाफलाई एनसेलको सीम, एक महिनालाई निशुल्क सेवा
मोवाइल सेवा प्रदायक संस्था एनसेलले राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सक, नर्स तथा अन्य कर्मचारीका लागि निशुल्क मोवाइल सिमकार्ड उपलव्ध गराएको छ ।
कोरोना महामारीको अस्पतालका एक अर्का स्वास्थ्यकर्मी तथा कर्मचारीबीच सहज रुपमा सूचना आदानप्रदान होस भन्दै एनसेलले ४६० वटा सिम निशुल्क उपलव्ध गराएको हो ।
एनसेलको यो सिमबाट एनसेलकै अर्को सिममा विहान ६ देखि बेलुका ६ बजेसम्म कल गर्दा पैसा नलाग्ने बताइएको छ । नेपाल टेलिकमको सिममा ३०० मिनेटसम्म निशुल्क हुने एनसेलले जनाएको छ ।
यो दुबै सुविधा आगामी एक महिनासम्म लागू हुने बताइएको छ । अस्पतालका निर्देशक डा सन्तोष पौडेलले एनसेलको सिम सबै स्टाफले पाउने बताए ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

