वीर अस्पतालमा पनि कोरोना भाइरसको परीक्षण हुँदै

काठमाडौँ, २६ चैत । कोरोना भाइरस (कोभिड – १९)को परीक्षण अव वीर अस्पतालबाट पनि हुने भएको छ । अस्पतालको जेनेटिक ल्यावलाई कोरोना परीक्षणका लागि प्रयोगमा ल्याउन लागिएको हो ।

अस्पतालका निर्देशक डा केदार सेन्चुरीले एक दुई दिनमै पीसीआर मेसिनबाट कोरोना परीक्षण हुने जानकारी दिए ।

‘हामीसंग भएको जेनेटिक ल्यावबाटै परीक्षण गर्ने हौँ । कोरोना परीक्षणका लागि सुरक्षा सम्वन्धी थप केही सेटअप मिलाउनु पर्ने छ । यो सकियो भने सम्भवत भोलि बेलुका वा पर्सीबाट परीक्षण शुरु गर्ने छौँ,’ डा सेन्चुरीले भने ।

उनले जेनेटिक ल्यावमा रहेको मेसिनबाट एकैपटकमा कम्तीमा ५ जना र बढीमा ३० जनाको परीक्षण गर्न मिल्ने बताए ।  उनले परीक्षणको नेतृत्व डा निलम ठाकुरले गर्ने बताए ।

ल्यावका लागि चाहिने पीसीआर किट तथा रिएजेन्ट, ल्यावका चिकित्सक तथा प्राविधिकका लागि चाहिने व्यक्तिगत सुरक्षा सामग्री पीपीई लगायतका सामग्रीहरु वीरमा पुगिसकेको छ ।

यस्तै अमेरिका नेपाल हेल्थ फाउन्डेशनले डाक्टरहरुलाई जोगिएर नमूना संकलन गर्न सकिने फ्रेम समेत उपलव्ध गराएको छ । यो नेपाली बैज्ञानिक महावीर पुनले बनाएको फ्रेम हो । बुधबार फाउन्डेशनका तर्फबाट अध्यक्ष डा भुपेन्द्रकुमार बस्नेतले सो फ्रेम अस्पताललाई हस्तान्तरण गरेका थिए ।

कोरोना भाइरसको परीक्षण अहिले राष्टिय जनस्वास्थ्य प्रयोगशालासंगै देशका विभिन्न १० स्थानमा रहेका प्रयोगशालाबाट हुँदै आएको छ । वीरले सेवा शुरु गरेपछि प्रयोगशालाको संख्या ११ पुग्नेछ । त्यसो त यसअघि नै उपत्यका बाहिरका विभिन्न ठाँउमा ल्याव सञ्चालनमा आइसक्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

सरकारले पीसीआर र रयापिड टेष्ट विधिबाट कोरोना परीक्षणलाई तिब्रता दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *