यी हुन् प्रधानमन्त्रीले ओलीले कोरोना भाइरसविरुद्ध खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सम्वोधन गरेका तीन बुँदा
काठमाडौँ, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड – १९)को विषयमा राष्ट्रका नाममा विशेष सम्वोधन गरेका छन् । सो क्रममा उनले कोरोनाको माहामारीले विश्वव्यापी रुपमा देखा परेको असर तथा स्वास्थ्य संकट, नेपालमा देखिएको असर तथा स्वास्थ्य संकटका बारेमा जानकारी गराएका थिए ।
सो क्रममा उनले माहामारी विरुद्ध अग्रपंक्तिमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विशेष सम्वोधन गरेका छन् । उनले कोराना विरुद्धको युद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीको नेतृत्वमा लडिएको विशेष प्रकारको लडाई भनेका छन् ।
उनले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गरेको सम्वोधन हेर्नुहोस
तीन बुँदामा :
१. महामारी विरुद्ध लडिने यो युद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिने विशेष प्रकृतिको लडाई हो भन्ने हामीलाई थाह त । आज सम्मको तपाईहरुको भूमिकाले महामारीलाई नियन्त्रण गर्न मुलुकलाई राम्रो सफलता मिलेको छ । अबको लडाईको जीत तपाईँहरको हौसला विशेषज्ञता र कर्तव्य निष्टतामा अडिएको छ ।
२.तपाईँहरुको आँटको आधारमा नै नै कुनैपनि कदत दृडताका साथ चाल्न सक्दछ । यसैलाई ध्यानमा राखी उपचारमा सम्लग्न स्वास्थ्यकर्मीहरुलाई ड्युटिमा रहेका सुरक्षाकर्मी सरह नै संरक्षण गर्ने निर्णय सरकारले यसअघि नै गरिसकेको छ । राहत तथा सुविधाको हकमा उपचारको पहिलो घेरामा रहनेहरुलाई सतप्रतिशत, दोस्रो र तेस्रो घेरामा रहनेलाई ७५ र ५० प्रतिशत भत्ता यसअघि नै घोषणा गरिसकिएको छ । आवश्यक सुरक्षा उपकरण सहित २५ लाख बराबरको विमा को व्यवस्था पनि सरकारले तपाईँको समग्र सुरक्षाको लागि गरेको छ ।
३ चिकित्सक टिमसंग अग्रभागमा काम गरेका सबै सुरक्षा निकायका सम्वन्धीत व्यक्तिहरु राष्ट्रसेवक कर्मचारीहरु, ड्राईभर हेल्पर सफाई कर्मचारी लगायत कोरोना भाइरसको उपचारमा सम्लग्नसबै श्रमिकको भूमिका चिकित्सकीय टिमका सदस्य सरहनै महत्वपूर्ण हुने हुँदा,सोही सरह भत्ता विमा सहित सरकारले तपाइँहरुको समग्र स्वास्थ्सय सुरक्षा सहित व्यवस्था गरेको छ । यस अभियानमा परिचालन हुने समुदायमा काम गर्ने महिलास्वास्थ्य स्वयंसेविहरुका लागि १५०० रुपैयाँ थप भत्ताको व्यवस्था गरेको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

