मुगु : घरघरमा पुगेर साबुन र मास्क बाँड्दै गाउँपालिका अध्यक्ष

76
Shares


मुगु, २१ चैत । कोभिड–१९ बाट आफ्ना जनतालाई बचाउन यहाँको स्थानीय तहका जनप्रतिनिधिहरु घरघरमा पुगेर मास्स र साबुन वितरण गरिरहेका छन । जिल्लाको पूर्वी क्षेत्रमा रहेको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले आफनो गाउँपालिकामा रहेका नौ वटा वडा र १६ बस्तीमा स्वास्थ्यकर्मीको टोलीसहित आफैँ घरघरमा पुगेर सर्वसाधारणलाई प्रतिव्यक्ति एउटा साबुन र एउटा मास्क वितरण गरेका हुन् ।

लामा समुदायको बाहुल्य रहेको उक्त गाउँपालिकामा एक हजार ४०० घरधुरी छन् । प्रत्येक घरमा पुगी प्रत्येक सदस्यलाई मास्क र साबुन वितरण गर्ने गरेको टोलीमा संलग्न स्वास्थ्यकर्मी बलिबहादुर बुढाले बताए । उनका अनुसार साबुन र मास्क वितरणसँगै गाउँपालिका अध्यक्षले घरदैलो गर्दै कोरोना भाइरसको सङ्क्रमणका बारेमा सचेतना पनि दिँदै आएका छन् ।    रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *