टेकु अस्पतालमा उपचाररत संक्रमित दुबै जनामा दोस्रो जाँचमा पनि भाइरस पोजेटिभ देखियो, ४८ घण्टा पछि पुन: जाँच गर्ने तयारी

1.6k
Shares

काठमाडौँ, २० चैत । टेकु अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई जना विरामीको दोस्रो पटक जाँचमा नतिजा नेगेटिभ नआएपछि उपचार थप लम्बिएको छ । अब ४८ घण्टा पछि पुन: थ्रोट स्वाव झिकेर परीक्षणमा पठाउने तयारी गरिएको छ ।

४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौँ आएकी काठमाडौैकै एक किशोरी र ६ चैतमा युनाइटेड अरव इमिरेटस्को सारजहाँबाट काठमाडौँ आएका धादिङका युवामा कोरोना पोजेटिभ देखिएपछि टेकु अस्पतालमा उपचाररत छन् ।

उनीहरुको स्वास्थ्य अवस्था भने अहिले सामान्य छ । गत मंगलबार थ्रोट स्वाव संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

रिपोर्ट नेगेटिभ आए अस्पतालले डिस्चार्ज गर्ने योजनामा थियो । तर हिजो रिपोर्ट आउँदा पोजेटिभ नै देखियो । यसपछि पुन उपचार लम्बिएको छ ।

‘उहाँहरु उपचारमै हुनुहुन्छ । अहिलेलाई यत्ति मात्रै भनौँ,’ टेकु अस्पतालका प्रवक्ता डा अनुप बास्तोलाले भने ।

तर, स्रोतले भने दोस्रो पटक गरिएको नमूना परीक्षणमा समेत भाइरस पोजेटिभ देखिएपछि अब ४८ घण्टा पछि पुन तेस्रो पटक जाँच गर्ने तयारीमा रहेको बतायो ।

अहिले देशमा यी दुई बाहेक सेती प्रादेशिक अस्पताल धनगढी र बागलुङ अस्पतालमा गरी थप दुई जना संक्रमित उपचाररत छन् ।

उनीहरुको पनि दोस्रो पटक स्वाव परीक्षण गर्न नमुना संकलन भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *