डोटी : एसपीको रगतले जोगियो सुत्केरीको ज्यान

128
Shares

डोटी, १९ चैत । सशस्त्र प्रहरी बल, दिपायलको ३६ नं गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले प्रदान गरेको रगतले एक सुत्केरी महिलाको ज्यान जोगिएको छ ।

गर्भमा जुम्ल्याह बच्चा भएकी सायल गाउँपालिका वडा नं ६ स्वाणाकी २४ वर्षीया सीता विकलाई बुढामगरले रगत दिए । बच्चा पाउन नसकेपछि विकलाई दिपायलको राजपुरस्थित सुजङ अस्पताल ल्याइएको थियो ।

अत्याधिक रक्तश्रावका कारण ज्यान जोखिममा परेपछि सशस्त्र प्रहरीलाई खबर गर्दा गणपति बुढामगरले मङ्गलबार रगत दिएपछि विकको ज्यान बचेको सुजङ अस्पताल दिपायल राजपुरका प्रशासन प्रमुख अर्जुन बलायरले जानकारी दिए ।

उनका अनुसार गणपति बुढामगरले एक प्रिन्ट ‘बी पोजेटिभ’ रगत प्रदान गर्नुभएको थियो । जिल्लामा ब्लडबैंक नहुँदा रगतको आवश्यकता परे यहाँका अस्पताल तथा स्थानीयले नेपाल सेना, प्रहरी तथा सशस्त्र प्रहरीकामा धाउने गरेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *