पाटन अस्पतालमा मृत्यु भएका व्यक्तिमा देखिएन कोरोना, अन्य तीनको पनि रिपोर्ट नेगेटिभ

524
Shares

काठमाडौँ, १८ चैत । पाटन अस्पतालमा सोमबार (हिजो) मृत्यु भएका व्यक्तिको कोरोनाभाइरस (कोभिड १९) परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालको आईसीयू राखेर उपचार गर्दा गर्दै निधन भएका उनको कोरोना आशंकामा थ्रोट स्वाव झिकेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

अस्पतालका निर्देशक प्राडा विष्णु शर्माले कोरोना आशंका गरिएका मृतकको रिपोर्ट नेगेटिभ आएको बताए । ‘उहाँलाई आइसोलेसनमा होइन आइसीयूमा राखेर उपचार गरेका थियौँ । मल्टिअर्गान फेलियर रहेछ, अलि लेट स्टेजमा ल्याइएको थियो । र उपचारका क्रममा हिजो निधन भयो । तै पनि हामीले कोरोना पो की भनेर टेष्ट गर्न पहिले नै थ्रोट स्वाव झिकेर पठाएका थियौँ । अहिले रिपोर्ट आयो र त्यो नेगेटिभ रहेछ,’  प्राडा शर्माले भने ।

उनले कोरोनाकै आशंकामा आइसोलेसनमा राखिएका अन्य तीन जनाको पनि कोरोना परीक्षण गरिएको र उनीहरुको रिपोर्ट पनि नेगेटिभ आएको बताए । प्राडा शर्माले  रिपोर्ट नेगेटिभ आएपछि सबैको डिस्चार्ज भएको जानकरी दिए । उनले भने, ‘अहिले यतिवेला पाटनको आइसोलेसन वार्डमा संकास्पद एउटा पनि विरामी छैन ।’

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *