कोरोना आशंकामा कान्तिमा भर्ना गरिएका नौ जना बच्चाको रिपोर्ट नेगेटिभ

2.1k
Shares

काठमाडौँ, १५ चैत । कोरोना भाइरस संक्रमणको आशंकामा कान्ति बाल अस्पतालको आइसोलेसनमा भर्ना गरिएका ९ जना बच्चाको रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ८ जनाको हिजो र १ जनाको रिपोर्ट आज दिएको थियो ।

‘हाम्रो आइसोलेसन वार्डमा कोरोना शंकास्पद ९ जना बच्चा थिए । उनीहरु सबैको कोरोना परीक्षण गरियो सबैको रिपोर्ट नेगेटिभ आएको छ,’ अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले भने । उनले आज रिपोर्ट आएको एक जनालाई अब भोलि डिस्चार्ज गरिने बताए । यसअघि ८ जनालाई आज डिस्चार्ज गरिएको थियो ।

‘ट्राभल हिस्ट्री’ र लक्षणका आधारमा कोरोना आशंका गरी उनीहरुलाई आइसोलेसनमा राखिएको थियो । कोही चीनबाट आएका आफन्त, कोही दुवईबाट, कोही कतारबाट, कोहि मलेसियाबाट आएका परिवारका सदस्यबाट आएका थिए,’ डा. पौडेलले भने। २ भारतीय सहित ९ जना बच्चा कोरोनाको आशंकामा आइसोलेसनमा राखिएको थियो । त्यसमा १५ महिना देखि १३ बर्ष उमेर समूहका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *