नेपालमा कोरोनाको पाँचौँ केश भेटियो, बेल्जियमबाट आएकी युवतीमा कोरोना पोजेटिभ

5.6k
Shares

काठमाडौँ, १५ चैत ।  नेपालमा कोरोना भाइरस संक्रमणको पाँचौँ केश भेटिएको छ । गत ४ चैतमा बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौँ आएकी एक २२ बर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज नियमित मिडिया ब्रिफिङमा सो जानकारी दिएका हुन् । उनका अनुसार ती युवती कतार एयरवेजको QR ६५२ उडानबाट काठमाडौँ आएकी हुन् ।

यो त्यहि फ्लाईट हो जसमा दोस्रो संक्रमित १९ बर्षीया युवती आएकी थिइन । उनको गत १० चैतमै कोरोना पोजेटिभ भएको पत्ता लागेको थियो ।

अहिले संक्रमित पाँचौँ युवती बाग्लुङको भएको बताइएको छ । उनी बाग्लुङ अस्पतालमा रहेको र थ्रोट स्वाव सोही अस्पतालले झिकेर पठाएको बताएईएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *