चौथो संक्रमित दिल्ली हुँदै काठमाडौँ आए, बुद्ध एयरबाट नेपालगञ्ज गए

14.0k
Shares

काठमाडाँै, १४ चैत । कोरोना भाइरसको चौथो संक्रमित गत ७ चैत (२० मार्च)मा दिल्ली हुँदै काठमाडौँ आएको पुष्टि भएको छ । तर उनी कुन फ्लाइट प्रयोग गरे भनेर जानकारी आइसकेको छैन् ।

तर काठमाडौँ आइसकेपछि  एक दिन मामा घर बसेर  दोस्रो दिन उनी बुद्ध एयरबाट नेपालगञ्ज गएको  र त्यसपछि उनले धनगढीसम्मको यात्रा बसबाट गरेको बुझिएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले संक्रमित व्यक्तिको थप जानकारी लिने कार्य अघि बढेको बताए ।

स्वास्थ्य मन्त्रालयले केही बेर अघि फेसबुक लाइभ गर्दै सेती प्रादेशिक अस्पतालमा उपचाररत एक व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ भएको बताएको थियो । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमित व्यक्ति दुवईबाट आएको र ११ चैतमा अस्पतालमा भर्ना भएको बताएका थिए ।

दुबईबाट आएका उनी ३४ वर्षका छन्। उनको अवस्था खतरामुक्त रहेको डा देवकोटाले जानकारी दिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *