थप एक जनामा कोरोना पोजेटिभ देखियो, नेपालमा संक्रमितको संख्या तीन पुग्यो
काठमाडौँ, १२ चैत । नेपालमा थप एक जनामा कोरोना पोजेटिभ देखिएको छ । टेकुस्थित सरुवारोग अस्पतालमा उपचार गराइरहेका एक पुरुषमा पोजेटिभ कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
उनी खाडी हालसालै खाडी मुलुकबाट आएको व्यक्ति भएको बताइएको छ ।
‘टेकु अस्पतालले पठाएको स्याम्पलमा पोजेटिभ देखिएको हो,’ प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले अगाडी थपे ‘हामीले आज यसको सूचना सम्वन्धीत निकायलाई गराईसकेका छौँ,’ गुप्ताले अहिलेसम्म टेकुमार ६८० जनामा कोरोना भाइरसको परीक्षण गरेको बताए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




कुन जिल्लाको हो त्यो भन दिनुस की जिल्लाबासीले सतरक होस