थप एक जनामा कोरोना पोजेटिभ देखियो, नेपालमा संक्रमितको संख्या तीन पुग्यो

काठमाडौँ, १२ चैत । नेपालमा थप एक जनामा कोरोना पोजेटिभ देखिएको छ । टेकुस्थित सरुवारोग अस्पतालमा उपचार गराइरहेका एक पुरुषमा पोजेटिभ कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

उनी खाडी हालसालै खाडी मुलुकबाट आएको व्यक्ति भएको बताइएको छ ।

‘टेकु अस्पतालले पठाएको स्याम्पलमा पोजेटिभ देखिएको हो,’ प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले अगाडी थपे ‘हामीले आज यसको सूचना सम्वन्धीत निकायलाई गराईसकेका छौँ,’ गुप्ताले अहिलेसम्म टेकुमार ६८० जनामा कोरोना भाइरसको परीक्षण गरेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “थप एक जनामा कोरोना पोजेटिभ देखियो, नेपालमा संक्रमितको संख्या तीन पुग्यो

  1. कुन जिल्लाको हो त्यो भन दिनुस की जिल्लाबासीले सतरक होस

Leave a Reply

Your email address will not be published. Required fields are marked *