कोरोना भाइरस परीक्षण अपडेट : थप ५० जनाको रिपोर्ट नेगेटिभ

2.9k
Shares

काठमाडौँ, ११ चैत । कोरोना आंशका गरी परीक्षणका लागि पठाइएका थप ५० जनाको रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य कार्यालयका अनुसार शनिबार र आइतबार परीक्षण गरिएका थप ५० जनाको रिपोर्ट सोमबार बेलुका सार्वजनिक गरिएको थियो र त्यो सबै नेगेटिभ आएको छ ।

गत शुक्रबार परीक्षण गरिएको एक जनाको भने रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको थियो ।

मंगलबार विहान नेपाली हेल्थसंग कुरा गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले शनिबार र आइतबार परीक्षणमा हालिएका ५० वटा स्याम्पलको रिपोर्ट नेगेटिभ आएको बताए ।

पोजेटिभ देखिएको किशोरीको परिवारको सदस्यको पनि जाँच हुँदै
यसैबीच राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आइतबार पोजेटिभ देखिएको किशोरीको परिवारको थ्रोट स्वाव संकलन गरी परीक्षण कार्य अघि बढाएको जनाएको छ । ‘अहिलेसम्म उनको सम्पर्कमा आएका परिवारका ४ ५ जना सदस्यहरुको स्याम्पल आएको छ । हामीले परीक्षण सुरु गरेका छौँ । उहाँको सम्पर्कमा आएका अरुको पनि खोजी भइरहेको छ सायद उहाँहरुको पनि परीक्षण हुनेछ,’ गुप्ताले भने ।

थप ६० जनाको परीक्षण हुँदै
प्रयोगशालामा सोमबार बेलुकाबाट थप ६० जनाको परीक्षण शुरु भएको छ । यसको रिपोर्ट मंगलबार राती वा बुधबार विहानसम्म आइपुग्ने प्रयोगशालाले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *