अब ज्वरो र खोकी देखिएका ६० बर्ष माथिका सबैको कोरोना परीक्षण गरिने

2.6k
Shares

काठमाडौँ, १० चैत । सरकारले कोरोना परीक्षणको दायरा बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अवदेखि ६० बर्ष माथिका व्यक्तिमा ज्वरो र खोकी देखियो भने त्यसलाई सम्भावित लक्षण मानेर कोरोना परीक्षण गरिने बताएको छ ।

यस्तै सोही उमेर समूहका स्वासप्रश्वास सम्वन्धी समस्या भएका विरामी, दीर्घरोगीहरु दम, मुट,ु मधुमेह लगायतका रोगबाट पहिले देखि नै ग्रसित विरामीमा समेत ज्वरो र खोकी देखियो भने उनीहरुको पनि अनिवार्य रुपमा कोरोना भाइरस परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।

उनले हरेक स्वास्थ्यकर्मीलाई पनि ज्वरो र खोकी देखिनासाथ कोरोना भाईरसको परीक्षण गरिने जानकारी दिए ।
यस्तो छ स्वास्थ्य मन्त्रालयको विज्ञप्ती

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *