कोरोना भाइरसबारे परामर्श दिदै एनएमएका पदाधिकारी तथा सदस्य
काठमाडौँ, ९ चैत । नेपाल चिकित्सक संघ (एनएमए) का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बारे आम सर्वसाधारणलाई निशुल्क परामर्श दिने योजना अघि सारेका छन् । उनीहरुले परामर्शका लागि समय तोकेका छन् र मोवाइल नम्बर सार्वजनिक गरेका छन् ।
‘अहिले आम सर्वसाधारण घरमै बस्नु जरुरी छ । र त्यसबेला पर्न सक्ने स्वास्थ्य समस्या तथा कोरोना भाइरस परामर्शका लागि हामी उपलव्ध हुनेछौँ,’ एनएमएका महासचिव डा बद्री रिजालले भने ।
पदाधिकारी तथा सदस्यहरुले आफ्ना विधाका सेवाहरुका लागि एक देखि दुई घण्टा परामर्श सेवा उपलव्ध गराएको बताएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



