कोभिड–१९ : एम्बुलेन्स सेवासहित निःशुल्क उपचार सेवा

168
Shares


पर्वत, ९ चैत । जलजला गाउँकार्यपालिकाले कोभिड–१९ (कोरोना भाइरस) को आशंका देखिएका बिरामीको एम्बुलेन्स सेवासहित निःशुल्क उपचारमा सहयोग गर्ने भएको छ । शनिबार बसेको बैठकले गाउँपालिकाभित्रका नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी सो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिए ।

“नागरिकको पहिलो अधिकार बाँच्न पाउने अधिकार हुन्छ । सो भाइरसको आशङ्का देखिएमा एम्बुलेन्स सेवासहित सम्पूर्ण उपचार खर्च गाउँपालिकाले व्यहोर्ने निर्णय गरेका छौँ”, उनले भने । गाउँपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र भीडभाड हुने ठाउँमा नजान सबै नागरिकलाई आह्वान समेत गरेको छ ।

गाउँपालिकाले स्वास्थ्य अवस्थाबारे सचेत रहन, व्यक्तिगत सरसफाइमा ध्यान दिन, भीडभाडमा नजान, अत्यावश्यक कामबाहेक सकेसम्म घरभित्रै रहन तथा रोगथामका उपाय अवलम्बन गर्न र कुनै लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा गाउँपालिमा सम्पर्क राख्न अपिल गरेको छ ।    रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *